Market Closed

गुडविलको नाफामा सुस्त सुधार, महत्वपूर्ण सूचक यस्ता देखिए

29 Jan,2019
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ४.३९% धेरै हा । गत वर्ष गुडविलले ३ करोड ८ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, खुद ब्याज आम्दानी पनि ७२.८७% बढाउन कम्पनी सफल भएको छ ।

गत वर्ष ६ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको गुडविलले यो त्रैमासमा बढाएर ११ करोड ७८ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा भने ४ करोड ४७ लाख ८४ हजार रुपैयाँबाट घटेर १ करोड १७ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । 
 
हाल गुडविलको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड ६८ लाख ७० हजार रुपैया छ । चुक्ता पुँजीलाई आधारमा मानेर अध्ययन गर्दा रिजर्भ कोषमा सुधार आवश्यक देखिन्छ । यसको खराब कर्जा २.२१% बाट घटेर ०.८५% छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०६ पैसा (वार्षिक) रहेको गुडविलको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६१ पैसा छ । 

गुडविल फाइनान्सको रिपोर्ट हेर्न यो लिंकमा जानुहोस् । 
 

Post Your Comment