Market Closed

गुडविल फाइनान्सले ५.२६३% नगद लाभांश दिने, कहिले हुने भयो एजीएम ?

15 Feb,2019
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सले फागुन १० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ५.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, नियामक निकायको स्वीकृत लिएर इन्सुरेन्स कम्पनीको एजेन्ट भएर काम गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि राखिनेछ । 
 
साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गरेको छ । माघ २६ गतेसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । साधारण सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

यस्तो छ गुडविलले साधारण सभामा लैजाने एजेन्डा 

Post Your Comment