Market Closed

गुडविलको नाफासँगै इपीएस पनि बढ्यो, अन्य कुन्-कुन् सूचकमा भयो सुधार ?

03 May,2019
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सुधार गरेको छ । फाइनान्सको नाफा गत वर्षको भन्दा १६.१४% ले बढेर ३ करोड १४ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड ७० लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
गुडविलको प्रतिसेयर आम्दानी पनि ७३ पैसाले बढेर ५ रुपैयाँ २५ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसा थियो । यस अवधिमा खुद ब्याज आम्दानी ७७.०३% ले बढाएर १६ करोड ३६ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष फाइनान्सको खुद ब्याज आम्दानी ९ करोड २४ लाख ६६ हजार रुपैयाँ रहेको थियो । 
 
यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्षको यही अवधिमा भन्दा यस वर्ष फाइनान्सको सञ्चालन नाफा ११.५९% ले घटेर ३ करोड ६१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४ करोड ९ लाख १० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
चैत मसान्तसम्म ६ अर्ब ९१ करोड ४० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७० करोड ४७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा १.९९% ले घटाएर १% मा सीमित गरेको छ । गत वर्ष यसको खराब कर्जा २.९९% थियो । 
 
यता, फाइनान्सको आधारदर १२.६८% रहेको छ । गुडविलको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा छ । 

गुडविलको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment