Market Closed

गुडविलले गर्यो उत्साहजनक प्रगति, प्रतिसेयर आम्दानी पनि राम्रो

18 Aug,2019
  • Goodwill-Finance-company-Ltd_8_1_2018_12_13_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुडविल फाइनान्सले आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासमा नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार गरेको छ । यस फाइनान्सको नाफा अघिल्लो वर्षको भन्दा १६३.८६% ले बढेर १५ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसले ५ करोड ७४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । वितरण योग्य नाफा ४ करोड ७४ लाख ६ हजार रुपैयाँ छ । 
 
 गुडविलको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसाले बढेर १८ रुपैयाँ ९६ पैसा पुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ २५ पैसा थियो । खुद ब्याज आम्दानी ५२.४७% ले बढाएर २४ करोड ९३ लाख २० हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफामा आकर्षक सुधार भएको छ । अघिल्लो वर्षको तुलनामा सञ्चालन नाफा १०४.९२% ले बढाएर १७ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ८ करोड ५१ लाख ३५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक वृद्धि भएपछि खुद नाफा पनि माथि जान सकेको हो । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको रहेको गुडविलको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा छ ।

गुडविल फाइनान्सको वित्तीय विवरण हेर्नुहोस् । 

 

Post Your Comment