Market Closed

घोडिघोडा लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपीओ बिक्री खुला

05 Jul,2019
  • ipo_3_21_2018_5_16_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको शुक्रबार (असार २० गते) देखि आइपीओ खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (९ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
 
घोडिघोडाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।
 
घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ । यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

घोडिघोडाको आपीओ सम्बन्धी विस्तृत जानकारी हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment