Market Closed

घोडिघोडा लघुवित्तको आइपीओमा ३०.१० गुणा बढी परिसक्यो आवेदन, अझै समय बाँकी

08 Jul,2019
  • ipo_7_4_2019_6_16_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओमा सोमबारसम्म ३७ लाख ५१ हजार २५० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २ लाख १३ हजार ८३७ जनाले ३७ करोड ५१ लाख २५ हजार रुपैयाँको लागि आवेदन दिएका हुन् । यस आधारमा आइपीओ खुलेको चौथो दिन (शनिबारसहित) सम्म आइपुग्दा माग भन्दा ३०.१० गुणा बढी आवेदन परेको देखिन्छ ।कम्पनीले असार २० गते देखि आइपीओ खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  घोडिघोडाको आइपीओ असार २५ गते बुधबारसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।

यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।
 

Post Your Comment