Market Closed

घोडिघोडाको आइपीओ भर्ने आज अन्तिम मौका, माग भन्दा ३०.१० गुणा बढी पर्यो आवेदन

09 Jul,2019
  • IPO_6_23_2019_11_34_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले मंगलबार नै बिक्री बन्द गर्न लागिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यसअघि आह्वानपत्र जारी गर्दा छिटोमा असार २५ गते र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन पाउने उल्लेख गरेको थियो ।

सोमबार साझँ सम्म २ लाख १३ हजार ८३७ जनाले ३७ लाख ५१ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन माग भन्दा ३०.१० गुणा बढी हो । कम्पनीले असार २० गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो ।
 
यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । 
 
आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।
 
यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

Post Your Comment