Market Closed

घोडिघोडा लघुवित्तको आइपीओमा ३९.७८ गुणा बढी पर्यो आवेदन

09 Jul,2019
  • ipo_7_4_2019_6_16_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने अन्तिम दिन मंगलबार (असार २४ गते) साँझसम्ममा ४९ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार साँझसम्ममा २ लाख ८९ हजार १४७ जनाले ४९ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर आवेदन दिएका छन् । यस आधारमा अन्तिम दिनसम्मको तथ्यांक हेर्दा माग भन्दा ३९.७८ गुणा बढी आवेदन परेको देखिन्छ ।

कम्पनीले असार २० गतेदेखि आइपीओ खुला गरेको हो । फेरिफाई भएर अन्तिम तथ्यांक आउँदा सामान्य तलमाथि हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  
 
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।
 
यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।
 

Post Your Comment