Market Closed

घोडिघोडा लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ? यस्तो आयो अन्तिम तथ्यांक

10 Jul,2019
  • ipos_7_10_2019_12_29_08.jpeg
नेपाली पैसा 
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओको अन्तिम तथ्यांक प्राप्त भएको छ । यसमा कुल ४९ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २ लाख ९१ हजार ६५५ जनाले ४९ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको सेयर आवेदन दिएका छन् । यस आधारमा कुल तथ्यांक हेर्दा माग भन्दा ४०.०८ गुणा बढी आवेदन परेको देखिन्छ । 
 
तथ्यांकहरु फेरिफाई गर्ने काम अन्तिम अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धकको भनाई छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  
 
आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।
 
 यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।
 

Post Your Comment