Market Closed

घोडिघोडा लघुवित्तको आइपीओ बाँडफाँट, १२ हजार ४५९ जनाले पाए सेयर

12 Jul,2019
  • IPO_6_23_2019_11_34_48.jpg
नेपाली पैसा
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका २ लाख ८५ हजार ५६५ जनामध्ये १२ हजार ४५९ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ४९० जना लगानीकर्ताको आवदेन रद्द भएको छ । 
 
घोडिघोडाले असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ हजार ३८० कित्ता सेयर कर्मचारी र ६ हजार ६३० कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Post Your Comment