घोडिघोडा लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट हेर्नुहोस्

12 Jul,2019
  • 1_7_12_2019_11_19_48.jpg
नेपाली पैसा
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओ नतिजा नेपाली पैसामा सार्वजनिक भएको छ । नेपाली पैसाको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । यसैगरी, नेपाली पैसाको एपबाट पनि आइपीओ कति पर्यो भनेर हेर्न सकिनेछ ।
 
आइपीओमा रितपूर्वक आवेदन दिएका २ लाख ८५ हजार ५६५ जनामध्ये १२ हजार ४५९ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा आवेदन दिएका ४९० जना लगानीकर्ताको आवदेन रद्द भएको छ । 
 
घोडिघोडाले असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ हजार ३८० कित्ता सेयर कर्मचारी र ६ हजार ६३० कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Post Your Comment