घोडिघोडा लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबार हुने

03 Sep,2019
  • listings_template_9_3_2019_1_15_16.jpg
नेपाली पैसा
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको छ । घोडिघोडाले २ लाख ७६ हजार २५० कित्ता सेयर सूचीकृत गराएको हो । कम्पनीले आइपीओ सहित चुक्ता पुँजीको आधारमा कायम भएको सेयर सूचीकरण गराएको हो । 
 
घोडिघोडा लघुवित्तले गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । अब, घोडिघोडा लघुवित्तको सेयर बुधबारबाट नेप्सेमा कारोबार सुरु हुनेछ । कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले १० जिल्लामा कार्यक्षेत्र बनाएको छ । 
 

Post Your Comment