Market Closed

ग्लोबल आइएमई क्यापिटलको १६.८४% लाभांश पारित गर्न कात्तिक ८ मा एजीएम

04 Oct,2019
  • AGM_img_10_4_2019_2_38_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई क्यापिटलको बाह्रौ वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १६.८४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा यस क्यापिटले ३ करोड ६२ लाख १० हजार ५२६ रुपैयाँ खर्च गर्न गर्नेछ । 
 
सभामा आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि  छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि पेश हुनेछ । सभा ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा बिहान ९.३० बजे सुरु हुनेछ । 
 
 
 

Post Your Comment