Market Closed

ग्लोबल आइएमई समुन्नत योजनाको कति छ न्याभ ?

30 Oct,2020
  • global-ime-samunnat-scheme-1_5_29_2018_11_09_51_8_30_2019_3_37_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना–१ को असोज महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३० पैसाले घटेर ११ रुपैयाँ ६६ पैसा कायम भएको छ । भदौमा यसको न्याभ ११ रुपैयाँ ९६ पैसा रहेको थियो । यस योजनाले असोज मसान्तसम्ममा १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १.४६% ले घटेको हो । 
 
अघिल्लो महिना यस फन्डले १ अर्ब ८ करोड ३५ लाख ४ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । असोजसम्ममा ग्लोबलको बैंक मौज्दातमा ४५ लाख २८ हजार रुपैयाँ छ । यसले विभिन्न सामूहिक लगानी कोषको योजना सहित कुल ७९ वटा कम्पनीमा लगानी गरेको छ । 

Post Your Comment