Market Closed

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण

04 Apr,2016
  • gurash_life_4_4_2016_3_30_48.jpg

कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. ९६ लाख ४१ हजार रहेको छ । कम्पनीको फागुन १४ गते भएको साधारणसभामा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (४४ दशमलव १९ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन २५ दशमलव ९६ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने मूल्य रेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ७५ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. ७ सय ४ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा ३० प्रतिशत घटेर रू. ९६ लाख ४१ हजारमा सीमित भएको छ । आम्दानी १० दशमलव ३६ प्रतिशत घट्नाले खुद नाफा घटेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २ दशमलव ७५ प्रतिशतबाट घटेर १ दशमलव ९२ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष १२ दशमलव ८७ प्रतिशत बढेर रू. १७ करोड ५० लाख, बीमा कोष ४९ दशमलव ९० प्रतिशत बढेर रू. १ अर्ब ७८ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ८ दशमलव ५० प्रतिशत घटेर रू. १९ करोड ८४ लाखमा सीमित भएको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १० दशमलव ३६ प्रतिशत घटेर रू. १ करोड ८१ लाखमा सीमित भएको छ भने व्यवस्था तथा खर्चहरू ३२ प्रतिशत बढेर रू. ८४ लाख ९० हजार पुगेको छ ।

- आय ५० दशमलव ६९ प्रतिशत र व्यय ५३ दशमलव ७७ प्रतिशतले बढेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४० दशमलव ४० प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ६१ प्रतिशत बढेको छ ।

- गत आवमा रू. १ अर्ब ५८ करोड कुल बीमाशुल्क आर्जन रकम रहेको यस कम्पनीको चालू आवमा भने ५८ प्रतिशत बढेर रू. २ अर्ब ५० करोड पुगेको छ । कुल दाबी भुक्तानी रकम १८ दशमलव ५५ प्रतिशत बढेर रू. १ करोड ८२ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ११ दशमलव ७९ प्रतिशत घटेर रू. १ करोड ७ लाख पुगेको छ र भुक्तानी हुन दाबी सङ्ख्या २० प्रतिशत बढेर ७८ पुगेको छ ।

- कम्पनीले ७ क्षेत्रीय कार्यालय, ३२ उपशाखा र १९ शाखामार्फत विभिन्न ठाउँमा सेवा प्रदान गरिरहेको छ ।

Post Your Comment