Market Closed

गुराँस लाइफको ३ लाख २२ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

27 Jun,2019
  • auction_new_6_20_2019_10_30_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको ३ लाख २२ हजार ५७६ कित्ता सेयर लिलामी भर्ने बिहीबार (असार १२ गते) अन्तिम दिन हो । गुराँसले असार ५ गतेदेखि संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । संस्थापक सेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक सेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन् ।
 
गुराँस लाइफको नेप्सेमा बुधबार अन्तिम कारोबार प्रतिकित्ता ४७५ रुपैयाँमा भएको छ । यही बजार भाउलाई ख्याल गरेर लिलामीमा आवेदन दिनुपर्ने हुन्छ । बजार भाउ भन्दा केही कम मूल्यमा लिलामी भर्दा पाइने सम्भावना हुन सक्छ । विगतका लिलामी मूल्य हेर्दा बजार भाउ भन्दा सस्तोमा पाइने गरेको छ ।
 
लिलामी भर्नुको उद्देश्य पनि बजार भाउ भन्दा कममा सेयर पाइने आशा नै हो । आवेदकले खुला भएको लिलामी सेयर संख्या, आवेदक संख्या, बजार भाउ तथा दोस्रो बजारको प्रवृत्ति समेतलाई अध्ययन गरी लिलामी रकम कबोल्नुपर्ने हुन्छ । 
 
कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी खुला गरेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४२४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
 
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

Post Your Comment