Market Closed

गुराँस लाइफको लिलामी सेयर बाँडफाँट, यस्तो आयो कट अफ प्राइस

04 Jul,2019
  • auction_img_1_6_25_2019_1_12_59.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको लिलामी सेयरको कट अफ प्राइस ३९५ रुपैयाँ कायम भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार सर्वसाधारण समूहतर्फ न्यूनतम ३९५ रुपैयाँसम्म भाउ तोक्नेले सेयर पाएका छन् । सर्वसाधारणतर्फ २९९ जनाले आवेदन दिएकामा रितपूर्वक आवेदन दिने १८८ जनाले सेयर पाएका छन् ।
 
यता, संस्थापक समूहतर्फ भने १०७ रुपैयाँ कट अफ प्राइस कायम भएको छ । संस्थापक समूहको लिलामी सेयरमा ५ जनाले आवेदन दिएकामा रितपूर्वक आवेदन दिने २ जनाले मात्रै सेयर पाएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
 
गुराँस लाइफले संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर गरी कुल ३ लाख २२ हजार ५७६ कित्ता सेयर लिलामी खुला गरेको थियो । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो ।

Post Your Comment