Market Closed

गुराँस लाइफको ९० हजार कित्ता संस्थापक सेयर शुक्रबारबाट लिलामी खुल्ने

16 Jul,2019
  • auction_img_1_6_25_2019_1_12_59.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले संस्थापक समूहको ९० हजार ५७१ कित्ता सेयर पुनः लिलामी गर्ने भएको छ । यसमा साउन ३ गते शुक्रबार देखि साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामी गर्न लागेको हो ।
 
गुराँसको संस्थापक सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नपर्नेछ । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ । 

गुराँस लाइफको संस्थापक सेयर लिलामी सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 
 

Post Your Comment