Market Closed

गुराँस लाइफको २९ लाख ७० हजार कित्ता हकप्रद नेप्सेमा सूचीकृत

22 Aug,2019
  • listings_template_8_22_2019_5_46_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २९ लाख ७० हजार कित्ता (५०%) हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो । 
 
हाल गुराँस लाइफको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ छ । रिजर्भ कोषमा पनि २७ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यस कम्पनीले ७ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  गुराँसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९२ पैसा छ ।
 

Post Your Comment