Market Closed

तपाईको खाता ठीक छ नि ? आइतबारबाट गुहेश्वरीले नगद लाभांश पठाउँदैछ

17 Jan,2020
  • Dividend_1_1_17_2020_3_54_59.jpg
नेपाली पैसा
 
काठमाडौं  : गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आइतबार (माघ ५ गते) देखि सेयरधनीको खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीले पुस २१ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा आइतबारबाट ६.५% नगद जम्मा गरिदिने जानकारी गराएको हो । त्यस्तै, त्यस मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । 
 
यता, गुहेश्वरीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । गुहेश्वरीको पुस २९ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Post Your Comment