गोर्खाज फाइनान्सको ४ लाख २४ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने

20 Sep,2017
  • Gurkhas-finance-Ltd_9_20_2017_10_27_17.jpg
नेपाली पैसा
 
काठमाडौं : गोर्खाज फाइनान्सको बुधबार (असोज ४ गते) देखि संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी खुला भएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भने असोज २२ गते तोकिएको छ । गोर्खाजले यसअघि साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यो अवधिमा नबिकेको संस्थापक समूहको सेयर फाइनान्सले सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो । गोर्खाजले जेठ १ गतेदेखि साउन ११ गतेसम्म २ः१ अनुपातमा २८ लाख ९३ हजार ३१३ (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनु पर्नेछ । बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।

Post Your Comment