Market Closed

खराब कर्जा बढ्दा कमाई प्रोभिजन गर्नुपर्यो अनि खुद नाफामा आयो ९५.०४% गिरावट

20 May,2018
  • Gurkhas-finance-Ltd_10_5_20_2018_5_09_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : गोर्खाज फाइनान्सको नाफामा यो त्रैमासमा पनि मन्दी छाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस फाइनान्सले ५१ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्र्ष भन्दा ९५.०४% ले थोरै हो । गत वर्ष यस कम्पनीले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
खुद ब्याज आम्दानी पनि २१.५३% ले घटेर १३ करोड ३५ लाख २५ हजार रुपैयाँमा खुम्चिएको छ । गोर्खाजको सञ्चालन घाटा पनि ९ लाख ३६ हजार रुपैयाँ छ । गत वर्ष १ करोड २२ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । समग्रमा गोर्खाजको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा गिरावट आएपछि खुद नाफा पनि प्रत्यक्ष प्रभावित भएको हो । 
 
निक्षेप ३ अर्ब ४१ करोडबाट बढाएर ४ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ पुर्याएको गोर्खाजले ४ अर्ब १२ करोड ४३ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८६ करोड ७९ लाख ८४ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ३२ करोड ६१ लाख २० हजार रुपैयाँ छ । फाइनान्सले ४ करोड ८४ लाख ८२ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।

खराब कर्जा ३.५६% बाट बढेर ४.७६% पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानीमा २२ रुपैयाँ ९६ पैसाको गिरावट आएको छ । गत वर्ष २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर आम्दानी यो त्रैमाससम्म आइपुग्दा ७८ पैसामा मात्र सीमित भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि १५१ रुपैयाँ ७४ पैसाबाट घटेर १३७ रुपैयाँ ५७ पैसामा झरेको छ । समग्रमा गोर्खाजले खराब ऋण बापत भारी मात्रामा प्रोभिजन गर्नुपरे पछि नाफा प्रभावित भएको देखिन्छ ।  
 
 
 

Post Your Comment