Market Closed

गुराँस लघुवित्तको आइपीओ बिहीबार कति बजे हुने भयो बाँडफाँट ?

08 May,2019
  • ipo_4_29_2019_10_11_40.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लघुवित्तले बिहीबार (वैशाख २६ गते) आइपीओ बाँडफाँट गर्ने भएको छ । बिहीबार बिहान १० बजे एनआइबीएल एसको कार्यालय लाजिम्पाटमा आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ । 
 
गुराँसले वैशाख १६ देखि २० गतेसम्म २ लाख ३३ हजार ६२५ कित्ता सेयर निष्कासन गरेको हो । यसमा मागभन्दा २० गुणा बढी आवेदन परेको छ । २ लाख ४२ हजार ६०० आवेदकले ४५ लाख कित्ता भन्दा बढी सेयरका लागि आवेदन दिएका हुन् ।
 
गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । गुराँसले २२ वटा शाखा कार्यालयबाट सेवा पुर्याउँदै आएको छ । 
 
यसको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागिएको हो ।
 

Post Your Comment