गुराँस लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट नेपाली पैसामा हेर्नुहोस्

09 May,2019
  • gurans_ip[o_5_9_2019_11_00_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लघुवित्तको आइपीओ नतिजा नेपाली पैसामा सार्वजनिक भएको छ । नेपाली पैसाको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । यसैगरी, नेपाली पैसाको एपबाट पनि आइपीओ पर्यो कि परेन भनेर हेर्न सकिनेछ ।
 
 गुराँस लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट भएको हो । यसमा ३ लाख १ हजार ३९६ जना लगानीकर्ताले रितपूर्वक आवेदन दिएका थिए । यसमध्ये जम्मा २३ हजार ३६३ जनाले मात्र सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।
 
गुराँसको आइपीओमा ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । यो आवेदन माग भन्दा २३.८० गुणा बढी हो । कम्पनीले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

Post Your Comment