Market Closed

गुराँस लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार खुल्दै

27 May,2019
  • share_listing_3_22_2019_1_28_52.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ ।
 
गुराँसको सेयर कारोबार मंगलबारदेखि खुला हुनेछ । यसमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।

Post Your Comment