Market Closed

गुराँस लघुवित्तको सेयर कारोबार खुला, कति पायो ओपन रेन्ज ?

28 May,2019
  • 1_5_28_2019_10_58_33.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबारदेखि खुला भएको छ । नेप्सेले गुराँसको कारोबारका लागि ९२ रुपैयाँ ७२ पैसादेखि २७८ रुपैयाँ १६ पैसा रेन्ज तोकिदिएको छ । गुराँसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।
 
कम्पनीले सेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ ।
 
यसमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका छन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।

Post Your Comment