भर्खरै आइपीओ जारी गरेको गुराँस लघुवित्त यसरी बन्दैछ मजबुत

06 Aug,2019
  • report_8_6_2019_10_21_11.jpg
नेपाली पैसा 
 
काठमाडौ : दुई महिना अघि मात्रै आइपीओ जारी गरेको गुराँस लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा मजबुत बन्दै गएको छ । यस अवधिमा कम्पनीको खुद नाफा २९१.४६% ले बढेर १ करोड ४८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा गुराँसले ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको रिजर्भ कोष पनि थप सुधार भएको छ । रिजर्भ कोष ५९६.९४% ले बढेर १ करोड ७७ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा रिजर्भ कोष ३५ लाख ६६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । चौथो त्रैमाससम्म आइपुग्दा गुराँसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा छ । 

गुराँस लघुवित्तको रिपोर्ट पढ्नुहोस् । 

Post Your Comment