Market Closed

गुराँस लघुवित्तको ८.३८७% बोनस दिने घोषणा, कर तिर्न नगद पनि

15 Aug,2019
  • dividends_8_15_2019_1_53_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्थाले ८.३८७% बोनस सेयर दिने घोषणा गरेको छ । गुराँसको बुधबार (साउन २९ गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम ७ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजीको ८.३८७% का दरले बोनस सेयर दिने निर्णय गरेको हो । नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस सेयर वितरण सुरु गरिनेछ ।

यस लघुवित्तले २०७५–७६ को सञ्चित मुनाफाबाट लांभाश दिन लागेको हो । गुराँसले ६५ लाख रुपैयाँ बराबरको बोनस बाँड्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ लाख ४२ हजार १०५ रुपैयाँ पनि लघुवित्तले छुट्याएको छ । गुराँसले केही समय अघि मात्र आइपीओ जारी गरेको थियो । आइपीओ  बिक्री पछिको यो पहिलो लांभाश घोषणा हो । प्रस्तावित लाभांशपछि गुराँसको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । 
 
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्म खुद नाफा २९१.४६% ले बढेर १ करोड ४८ लाख ५६ हजार रुपैया पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, गुराँसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा छ ।

 

Post Your Comment