Market Closed

हाम्रो विकास बैंकको प्रतिसेयर आम्दानी ३१ रूपैयाँ, खुद नाफा तीन करोड ७९ लाखमाथि

29 Jul,2016
  • hamro_bikas_resize_7_29_2016_2_39_28.jpg
नेपाली पैसा 
काठमाडौं : हाम्रो विकास बैंकको प्रतिसेयर आम्दानी ३१.०१ रूपैयाँ पुगेको छ । 
 
बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिस्कृत वासलत अनुसार प्रतिसेयर नेटवर्थ पनि एक सय ३८ रूपैयाँ चार पैसा छ ।
 
 पुँजी कोष अनुपात १६.९३ प्रतिशत पुर्याएको यो बैंकले आर्थिक वर्ष २०७२–७३ मा तीन करोड ७९ लाख ३९ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ । 
 
अघिल्लो आवमा बैंकको नाफा जम्मा एक करोड ७० लाख ५७ हजार रूपैयाँमात्र थियो । यसआधारमा बैंकको खुद नाफा अघिल्लो वर्षभन्दा दुई करोड आठ लाख ८२ हजार रूपैयाँले बढेको छ । यो नाफालाई आकर्षक मान्नुपर्छ । 
 
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको यो बैंकको चुक्ता पुँजी १२ करोड २३ लाख ३३ हजार रूपैयाँभन्दा बढी छ । बैंकको रिजर्भ कोषमा चार करोड ७४ लाख २५ हजार रूपैयाँ पुगेको छ । 
 
बैंकले एक अर्बभन्दा बढी निक्षेप संकलन गरी ८४ करोड ६० लाख रूपैयाँभन्दा धेरै कर्जा लगानी गर्न सफल भएको छ । निष्कृय कर्जाको मात्रा ०.८७ प्रतिशतमात्र छ ।