Market Closed

हिमालयन बैंकले हकप्रद ल्याउन पायो अनुमति, ७ः१ अनुपातमा हकप्रद आउँदै

29 Sep,2016
  • himalayan_9_29_2016_4_33_43.jpg
नेपाली पैसा 
काठमाडौं : हिमालयन बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
 
पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बुधबार अनुमति दिएको हो । 
 
चुक्ता पुँजी वृद्धि गर्न हिमालयनले हकप्रदलाई पनि एउटा आधार बनाएको छ । यसबाहेक लगानीकर्ताले आकर्षक बोनस सेयर पनि पाउने अपेक्षा गरिरहेका छन् । 
 
 हिमालयनले ६२ करोड २७ लाख ३५ हजार रूपैयाँको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 
 
यो बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । असार मसान्तसम्मको रिपोर्ट अनुसार हिमालयनको चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रूपैयाँ छ । 
 
चार अर्ब ३७ करोड ५३ लाख ८४ हजार रूपैयाँ रिजर्भ कोषमा रहेको यो बैंकले गत आर्थिक वर्ष एक अर्ब ९१ करोड ५६ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 
 
बैंकको प्रतिसेयर आम्दानी ४२.५८ रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ १९७.२५ रूपैयाँ रहेको छ । 

Post Your Comment