Market Closed

हिमालयन बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु होला नि ?

15 Dec,2016
  • himalayan-bank_12_15_2016_10_49_28.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । 
 
 बिहीबार बैंकिङ कार्यलय समयपछि सेयर आवेदन दिने कार्य बन्द हुनेछ । बैंकले कात्तिक २६ गतेदेखि मंसिर ३० गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेको हो । 
 
बैंकले ७ः१ को अनुपातमा प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर बिक्री खुला गरेको हो । यो सेयर गत कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।  
 
हकप्रद सेयर हिमालयन बैंकको कमलादी काठमाडौंबाहेक बैंकको अन्य सबै शाखा कार्यलयहरुबाट भर्न सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र  एनएमबी माइक्रोफाइनान्सको बिभिन्न शाखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । 
 
काठमाडौंको कमलादीमा मुख्य कार्यलय रहेको हिमालयन बैंकको यो हकप्रदमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 
चार अर्ब ९६ करोड ४३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयनले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ भने दुई सय १७ रुपैयाँ ३३ पैसा छ ।
 

Post Your Comment