Market Closed

हिमालयनको पुस ३० मा एजीएम, १५.७८% लाभांशका लागि कहिले बुक क्लोज ?

24 Dec,2018
  • Himalayan-bank-Ltd__4_24_2018_11_26_08.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकको २६ औं साधारण सभा पुस ३० गते हुने भएको छ । हिमालयनले गत वर्षको कमाईबाट १५.७८९५% लाभांश दिने प्रस्ताव लैजाँदैछ । बैंकले गत वर्षको वितरण योग्य नाफाबाट ५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिन लागेको हो । साधारण सभा कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिनेछ ।
 
सभा प्रयोजनका लागि बैंकले पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र यो बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल हिमालयन बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ ।

बोनस वितरण पछि चुक्ता ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा छ ।
 
 
 
 
 
 

Post Your Comment