Market Closed

हिमालयन बैंकको एजीएम आज, १५.७८९% लाभांश प्रस्ताव

14 Jan,2019
  • Himalayan-bank-Ltd__4_24_2018_11_26_08.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकको वार्षिक साधारण सभा आज (पुस ३० गते) बिहान ११ बजे सुरु हुँदैछ । हिमालयनले गत वर्षको कमाईबाट १५.७८९% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको वितरण योग्य नाफाबाट ५% बोनस सेयर र १०.७८९% नगद लाभांश दिन लागेको हो । साधारण सभा कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा हुनेछ ।
 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिनेछ ।
 
सभा प्रयोजनका लागि बैंकले पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र यो बैंकले वितरण गर्ने लाभांश पाउनेछन् । हाल हिमालयन बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ ।
 
बोनस वितरणपछि चुक्ता ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा छ ।

Post Your Comment