Market Closed

हिमालयनको नाफा २३.६२% ले बढ्यो, रिजर्भ र प्रतिसेयर आम्दानी पनि आकर्षक

31 Jan,2019
  • Himalayan-bank-Ltd__4_24_2018_11_26_08.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यही अवधिमा भन्दा खुद नाफा २३.६२% ले वृद्धि गरेको हो । गत वर्ष खुद नाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रहेको थियो । यसको वितरण योग्य नाफा गत वर्षको भन्दा ५ करोड ५२ लाख २९ हजार रुपैयाँले बढेर १ अर्ब १६ करोड ११ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
 
हिमालयनले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार गरेको छ । खुद ब्याज आम्दानी ३३.३७% ले बढाएर २ अर्ब ४९ करोड ३४ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफामा २१.५२% ले वृद्धि गरी ३ अर्ब १२ करोड ३० लाख १२ हजार पुर्याएको छ । गत वर्ष ९२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको हिमालयनले यो त्रैमासमा बढाएर १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । 
 
यस्तै, कर्जा लगानी पनि ८२ अर्ब ८ करोड ५५ लाख रुपैयाँबाट बढाएर ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । यसको बेस रेट ९.११% र खराब कर्जा अनुपात १.२५% मा सीमित छ । गत वर्ष खराब कर्जा १.३२% रहेको थियो । 
 
हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ छ । रिजर्भ कोष २९.१५% बढाएर ६ अर्ब ६ करोड ६० लाख ४० हजार रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ४ रुपैयाँ ८३ पैसाले बढेर ३२ रुपैयाँ ९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा रहेको छ ।

हिमालयन बैंकको दोस्रो त्रैमासिक रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment