Market Closed

हिमालयन बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्ने, ब्याजदर १०%

07 May,2019
  • Himalayan-bank-Ltd__4_24_2018_11_26_08.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । 

Post Your Comment