Market Closed

हिमालयन डिष्टिलरीले बिहीबारदेखि ६८.४२% अन्तरिम लाभांश बैंक खातामा पठाउँदै

12 Jun,2019
  • himalayan-distillery_12_15_2017_11_12_35.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन डिष्टिलरीले बिहीबारदेखि अन्तरिम नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउने भएको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले चालु आर्थिक वर्षको नाफाबाट करसहित ६८.४२% अन्तरिम नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बिहीबारदेखि आइपीएस मार्फत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिने डिष्टिलरीले जनाएको छ । 
 
कम्पनीले आर्थिक वर्ष सकिनु अगावै लाभांश वितरण गर्न लागेको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । यस्तै, जेठ १७ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि लाभांश पाउनेछन् । 

Post Your Comment