Market Closed

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, २३ जेठ २०७३)

05 Jun,2016
  • HGI_LOGO_6_5_2016_1_28_37.png


कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ दशमलव ६६ प्रतिशत बढेको छ । कम्पनीले आगामी हुने साधारणसभामा २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सो सभा प्रयोजनका लागि जेठ २७ गतेदेखि असार १४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (८६ दशमलव ११ स्केल)मा छ । खरीद चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ४३ दशमलव २७ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ३ सय ७० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ४ सय ८५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा १५ दशमलव ६६ प्रतिशत बढेर रू. ७ करोड ३३ लाख पुगेको छ । आम्दानी १५ प्रतिशत र आय ७ दशमलव ९१ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- जगेडा कोष ५६ दशमलव १९ प्रतिशत बढेर रू. १५ करोड ३६ लाख र बीमा कोष ५३ दशमलव ८६ प्रतिशत बढेर रू. २३ करोड १ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा उच्च दरले बढेर रू. ११ करोड ८० लाख पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १५ प्रतिशत बढेर रू. १२ करोड ७ लाख र व्यवस्था तथा खर्चहरू १४ दशमलव १६ प्रतिशत बढेर रू. ४ करोड ७३ लाख पुगेको छ ।

- आय ७ दशमलव ९१ प्रतिशत बढेर रू. ५१ करोड ७० लाख पुगेको छ भने व्यय ८८ प्रतिशत घटेर रू. ४ करोड ६० लाखमा सीमित भएको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू १४ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १६ दशमलव ५८ प्रतिशत बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम २६ दशमलव ६७ प्रतिशत बढेर रू. ७९ करोड ६७ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ६ गुणा बढेर रू. २ अर्ब ५७ करोड पुगेको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४९ र पीई रेशियो ३३ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ६ गुणा छ ।

Post Your Comment