Market Closed

हिमालयन जनरलको ७१ हजार ५३० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

20 Nov,2017
  • himalayan-general-insurance-company-ltd_11_20_2017_10_36_46.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सको सर्वसाधारण समूहको ७१ हजार ५३० कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेछ । हिमालयनको हाल बजार मूल्य ७०५ रुपैयाँ छ । यसअघि हिमालयनले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७% हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर कात्तिक २७ गतेदेखि लिलामीमा ल्याएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । हिमालयनले लिलामीमा सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुर्याउनेछ ।
 

Post Your Comment