Market Closed

हिमालयन जनरलको १५% नगद सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम मौका

28 Dec,2017
  • himalayan-general-insurance-company-ltd_12_28_2017_11_02_19.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सको १५% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । इन्सुरेन्सले पुस ३० गते हुने वार्षिक साधारण सभामा १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले शुक्रबारबाट बुक क्लोज गर्न लागेको छ । लाभांश पाउन बुक क्लोज हुनुभन्दा अघि नै सेयरधानी बन्नुपर्छ ।  यसआधारमा, नयाँ लगानीकर्ताले पनि बिहीबार नै हिमालयनको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वत लाभांशको हकदार हुनेछन् । इन्सुरेन्सले सेयरधनीहरुलाई १५% ले हुने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याइसकेको छ । इन्सुरेन्सले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७% हकप्रद बिक्री गरी चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ बनाएको हो । तर कम्पनीले नगद लाभांश भने १६६.६७% हकप्रद सेयर बिक्री गर्नुभन्दा अघि कायम ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजीको १५% मात्र दिन लागेको हो । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा छ । 

Post Your Comment