Market Closed

हिमालयन जनरलको एजीएम आज, के–के छन् प्रमुख एजेन्डा

13 Jul,2020
  • agm_7_13_2020_10_14_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सको २६ औं वार्षिक साधारण सभा आज सोमबार (असार २९ गते) बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा सुरु हुँदैछ । सभामा कम्पनीले ७.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । हिमालयनले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ४% बोनस र कर प्रयोजन सहित ३.७५% नगद लाभांश वितरण गर्न लागेको हो । 
 
सभा प्रयोजनका लागि हिमालयन जनरलले यसअघि नै वैशाख १२ देखि २९ गतेसम्म बुक क्लोज गरिसकेको छ । वैशाख ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । यसअघि वैशाख २९ गते बोलाइएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो ।
 
 
 
 
 
 

Post Your Comment