Market Closed

हिमालयन हाइड्रोपावरको २२ लाख कित्ता आइपीओ आउँदै, यस्तो छ रेटिङ

16 Jul,2019
  • ipos_7_10_2019_12_29_08.jpeg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयनको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । आइपीओको रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । 
 
हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ ।
 
हाल हिमालयनको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । हमालयन हाइड्रोपावर लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो ।

Post Your Comment