Market Closed

जलविद्युत लगानी तथा विकास कम्पनीको पछिल्ला गतिविधि पढ्नुहोस्

21 Nov,2019
  • jalabidhyut_8_11_2019_7_34_38.jpg
नेपाली पैसा
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआडीसीएल) ले चालु आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासमा २७ करोड ७६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्ष भन्दा ५.१६% धेरै हो । गत वर्ष कम्पनीले २६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्त सम्ममा यसले जलविद्युत आयोजनाहरुमा ३४ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा लगानी गरेको छ ।

यसैगरी, २ अर्ब ५२ करोड ४ लाख २३ हजार रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरिएको कम्पनीको भनाई छ । गत वर्ष यसै अवधिमा यसले १ अर्ब एक ५६ करोड ७७ लाख लगानी थियो । यो त्रैमाससम्म जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न बैंकमा १४ अर्ब ७० करोड रुपैयाँ आवधिक बचत (टम डिपोजिट) गरेको छ । बाँकी ४९ करोड २६ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ ।
 
विभिन्न आयोजनाहरुबाट भने कम्पनीले १ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष ५ करोड १२ लाख ५५ हजार रुपैयाँ राजस्व (रेभेन्यू) संकलन गर्न सफल भएको थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ११ अर्ब र जगेडा कोषमा १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ छ । जलविद्युत कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा ११ करोड कित्ता (१००%) हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

हकप्रद अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ । यो हकप्रदपछि पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । असोजसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी भने थोरैले घटेर १० रुपैयाँ १० पैसामा सीमित भएको छ ।

गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ११० रुपैयाँ ४४ पैसाबाट घटेर ११० रुपैयाँ ३ पैसा अडिएको छ । 

जलविद्युत लगानी तथा विकास कम्पनीको प्रगति अवस्था हेर्न यहाँबाट क्लिक गर्नुहोस् । 

Post Your Comment