Market Closed

जलविद्युत कम्पनीको खुद नाफा ८४.६२% बढ्नुमा यस्तो छ प्रमुख कारण

13 May,2018
  • jalabidhyut_12_26_5_13_2018_2_16_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड ५५ लाख ५५ हजार १९ रुपैयाँ खुद नाफा कमाएको छ । समग्रमा यो नाफा गत वर्षको तुलनामा ८४.६२% धेरै हो । गत वर्ष ३३ करोड ८८ लाख ३० हजार ३३५ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
जलविद्युत लगानी कम्पनीले बैंकमा राखेको निक्षेपबाट मात्रै ८८ करोड ९१ लाख ४८ हजार ३२५ रुपैयाँ आम्दानी गरेको छ । यसैगरी, विभिन्न व्यवसाय तथा कम्पनीमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानी ७ करोड ९० लाख ५८ हजार ६३ रुपैयाँ देखिएको छ ।
 
 यस कम्पनीले १ अर्ब २७ करोड ३७ लाख ९३ हजार ९९० रुपैयाँ विद्युत आयोजनाहरुमा ऋण प्रवाह गरेको छ । जलविद्युत कम्पनीले लगानीको ठूलो हिस्सा बैंक निक्षेपमा राखेको देखिएको छ । बैंकहरुले तरलता अभाव भएपछि निक्षेपमा पनि ब्याजदर ह्वात्तै बढाएका छन् ।

ब्याजदर बढेको फाइदा जलविद्युत कम्पनीले लिएको देखिन्छ । यस कम्पनीको समग्र नाफा माथि जानुमा यही बैंक निक्षेपबाट प्राप्त ब्याज आम्दानीको हात रहेको छ । जलविद्युत लगानी कम्पनीले ९ अर्ब ४८ करोड ५७ लाख ९६ हजार ५२३ रुपैयाँ बैंकमा निक्षेप राखेको छ ।

१ अर्ब २७ करोड विद्युत आयोजनाहरुमा लगानी भएको हो । चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १ अर्ब ११ करोड ५५ लाख ४८ हजार १७४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी र नेटवर्थमा पनि वृद्धि देखिएको छ ।

गत वर्ष ४ रुपैयाँ ५२ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रहेको कम्पनीको यो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १०८ रुपैयाँ ३८ पैसाबाट बढेर १११ रुपैयाँ १६ पैसा कायम भएको छ । 

 
 

Post Your Comment