Market Closed

हिमालयन पावर पार्टनरको कारोबार आइतबारदेखि, कति पायो ओपन रेन्ज ?

18 Aug,2017
  • hppLogo_8_18_2017_11_28_15.jpg
नेपाली पैसा
 
काठमाडौं : हिमालयन पावर पार्टनरको सेयर कारोबार आइतबारबाट सुरु हुँदैछ । नेप्सेले हिमालयनको पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँ ओपन रेन्ज दिएको छ । यसआधारमा, हिमालयनको पहिलो कारोबार १०० देखि ३०० रुपैयाँको बिचमा हुनेछ भने यसमा १०% तलमाथि भएर दिनभर कारोबार सञ्चालन हुन पाउनेछ । हिमालयनले कारोबारका लागि ‘एचपीपीएल’ संकेत पाएको छ । हिमालयन पावर पार्टनरले असार १ देखि ५ गतेसम्म २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट साउन ४ गते भएको थियो । हिमालयनको आइपीओमा नयाँ बाँडफाँट निर्देशिका अनुसार पहिलो पटक सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गरिएको थियो भने धेरै पाउनेले २० कित्तासम्म सेयर हात पारेका थिए ।

Post Your Comment