Market Closed

हिमालय ऊर्जाको आइपीओ मंगलबार बाँडफाँट हुने, तपाईंलाई कति कित्ता पर्ला ?

15 Apr,2019
  • ipo_4_15_2019_10_12_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनीको आइपीओ मंगलबार दिउँसो बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार इन्द्रेणी बैंक्वेट, बानेश्वरमा मंगलबार दिउँसो १ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् । 
 
यो आवेदन माग भन्दा ३.७८ गुणा बढी हो । लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने देखिएको छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३% कर्मचारीलाई र ५% सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Post Your Comment