Market Closed

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामी भर्न अब कति बाँकी छ समय ?

12 Mar,2019
  • auction_img_3_12_2019_1_17_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी भर्न अब ३ दिन मात्र समय बाँकी छ । लगानीकर्ताले यो लिलामीमा बिहीबार (फागुन ३० गते) सम्म मात्र आवेदन दिन सक्नेछन् । आइएमई जनरलले फागुन २२ गतेदेखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला गरेको हो ।

यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता  र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामीमा ल्याइएको हो । 
 
कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
आइएमई जनरलको सोमबार प्रतिकित्ता ४२३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले दोस्रो बजारको भाउलाई याद गरेर लिलामीमा मूल्य तोक्नुपर्ने हुन्छ । बजार भाउ भन्दा केही कममा लिलामी भर्ने सामान्य चलन हुन्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।
 
हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद तथा लिलामी बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । 

Post Your Comment