आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम अवसर, कति तिर्ने ?

14 Mar,2019
  • auction_img_2_27_2019_5_28_35.png
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी भर्ने बिहीबार (फागुन ३० गते) अन्तिम दिन हो ।  आइएमई जनरलले फागुन २२ गतेदेखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला गरेको हो ।
 
यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता  र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामीमा ल्याइएको हो । 
 
कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
आइएमई जनरलको बुधबार प्रतिकित्ता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले दोस्रो बजारको भाउलाई याद गरेर लिलामीमा मूल्य तोक्नुपर्ने हुन्छ । बजार भाउ भन्दा केही कममा लिलामी भर्ने सामान्य चलन हुन्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।
 
हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद तथा लिलामी बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । 

आइएमई जनरलको लिलामी सम्बन्धी सूचना यो लिंकबाट हेर्नुहोस् । 

Post Your Comment