आइएमई जनरलले ८०% हकप्रद खातामै पठायो, सेयर डिम्याट गर्न आग्रह

09 Apr,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ८०% हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । आइएमईले मंसिर ७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुको मात्र हकप्रद डिम्याट खातामा पठाइएको हो । मंसिर ७ गतेपछि डिम्याट गर्नेहरुको हकप्रद सेयर पनि खातामै जम्मा गरिदिने तयारी भइरहेको आइएमई जनरलले जनाएको छ ।
 
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले भने पहिला आफूसँग भएको सेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं वा आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा गएर सेयर डिम्याट गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।  हकप्रद बिक्रीपछि आइएमई जनरलको पुँजी ९७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

Post Your Comment