Market Closed

आइएमई जनरलको ५% बोनस सेयरमा मूल्य समायोजन

30 Jun,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार यस इन्सुरेन्सको सेयर कारोबार प्रतिकित्ता ३६२ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४२४ रुपैयाँ ७६ पैसा रहेको छ ।
 
आइएमईले असार २९ गते बस्ने वार्षिक साधारण सभामा उक्त बोनस प्रस्ताव पेश गर्नेछ । यसका लागि आइतबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले बोनस लाग्ने कर तिर्न नगद लाभांश भने दिने छैन । कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । प्रस्तावित बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

Post Your Comment