Market Closed

आइएमई जनरलले असार २९ गते एजीएम गर्दै, ५% बोनस प्रस्ताव

05 Jul,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ५% बोनस सेयर प्रस्ताव पारित गर्न असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्सुरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५% बोनस सेयर दिन लागेको हो । अब सभाले अनुमोदन गरेपश्चात बोनस सेयर वितरण हुनेछ । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैंले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । 
 
प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने अर्को एजेन्डा छ । 
 
साथै, उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार पनि सञ्चालक समितिाई दिने प्रस्ताव अघि सार्दैछ । सभा प्रयोजनका लागि असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । सभा लैनचौर बैंक्वेट्स, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हनेछ ।

Post Your Comment